कोलेष्ट्रोल हाम्रो रगतमा पाइने एक तत्व हो । यसले हर्मोनको उत्पादन र
झिल्लीको कार्यगत क्षमतासंग प्रत्यक्ष सम्वन्ध राख्छ । तर रगतमा
कोलेष्ट्रोलको मात्रा सही भएमा मात्र यसको फाइदा पाउन सकिन्छ । यदी रगतमा
कोलेष्ट्रोलको मात्रा बढी भएमा स्वास्थ्यसम्वन्धी विभिन्न समस्याहरु आउने
गर्दछन् । खामीले आने खानेकुराहरुबाट नै हामीले शरिरमा कोलेष्ट्रोलको मात्र
सही राखेर स्वस्थ बन्ने बाटोमा अग्रसर हुन सक्छौं ।
कोलेष्ट्रोलबाट बच्न कुन कुन खानेकुराहरुबाट तर्कनु राम्रो ?
फाष्ट फुड
छिटो र मीठो स्वादका लागि फाष्ट फुड सबैको प्रिय मानिन्छ । तर फाष्ट फुड
जति सजिलो र मीठो हुन्छ स्वास्थ्यका लागि त्यति नै खराब पनि हुन्छ ।
हेल्थएलिसियसनेशका अनुसार फाष्ट फुडहरु नराम्रो कोलेष्ट्रोलका खानी हुन् ।
चिप्स, अण्डा र चीज बिस्कुटमा प्रति १०० ग्राम प्रतिसर्भिङ १ सय ७२ एमजी
कोलेष्ट्रोल हुन्छ ।
अण्डाको पहेंलो भाग
कुनै पनि खानेकुरा मध्ये अण्डाको पहेंलो भागमा सबैभन्दा बढी कोलेष्ट्रोल
पाइन्छ । यसमा प्रति १०० ग्राम १ हजार २ सय ३४ एमजी कोलेष्ट्रोल पाइन्छ भने
एक सिंगो पहेंलो भागमा २ सय १० एमजी कोलेष्ट्रोल हुन्छ । त्यसैले
कोलेष्ट्रोलबात बच्नका लागि सेतो भागलाई प्राथमिकता दिनु राम्रो ।
कलेजो
कुनै पनि मासुको कलेजोको छुट्टै परिकार बनाएर खाने बानी छ भने त्यसलाई
त्यागेकै राम्रो । किनकी कुनै पनि मासुको कलेजोमा प्रति सय ग्राममा ५ सय ६४
एमजी कोलेष्ट्रोल पाउन सकिन्छ ।
बटर
पाउरोटी होस् या घरमै बनेको सुक्खा रोटी, पराँठा होस् या केक, सबैको बटरको
अत्यधिक प्रयोग हुन्छ । तर मात्र एक चम्चा बटरमा ३० एमजी कोलेष्ट्रोल
पाइन्छ । त्यसैले खानेकुरामा बटरको प्रयोगलाई कम गरेकै राम्रो ।
कुखुराको मासु
त्यसो त रातो मासुको तुलनामा कुखुराको मासुलाई लो फ्याटयुक्त र तुलनात्मक
रुपमा स्वस्थ मासु मानिन्छ । एक चिकनलेगमा मात्र एक कप आइसक्रिम वा एक
बर्गरजत्ति कोलेष्ट्रोल हुन्छ ।
चीज
प्रोटीनको लागि शाकाहारी श्रोत र क्याल्सियमका लागि पनि धेरै राम्रो मानिने
चीजले प्राय खानाको स्वादलाई बढाइदिन्छ । चीजमा प्रति १०० ग्राम सर्भिङमा १
सय २३ एमजी कोलेष्ट्रोल पाइन्छ , यो भनेको प्रतिएक इन्च चीज क्युबमा २१
एमजी कोलेष्ट्रोल बराबर हो ।
प्रशोधित मासु
कुनै पनि प्रशोधित मासुमा प्रशोधनका क्रममा मिसाइने घृतांशका माध्यमले
मात्र कोलेष्ट्रोलको मात्रालाई निर्धारण गर्दछ । तर पनि रातो मासु र हाँसको
मासुमा कोलेष्ट्रोलको मात्रा बढी पाइने पछिल्ला अध्ययनहरुले देखाएका छन् ।
चीज बर्गर
एक ठूलो साइजको चीज बर्गरमा करिब १ सय ७५ एमजी कोलेष्ट्रोल पाइन्छ । अफ फ्राइ र शेक नभएको सादा बर्गर मात्र खाँदा पनि शरिरले यत्ति धेरै कोलेष्ट्रोल प्राप्त गर्दछ । त्यसैले समयमै बिचार गर्ने की ?
एक ठूलो साइजको चीज बर्गरमा करिब १ सय ७५ एमजी कोलेष्ट्रोल पाइन्छ । अफ फ्राइ र शेक नभएको सादा बर्गर मात्र खाँदा पनि शरिरले यत्ति धेरै कोलेष्ट्रोल प्राप्त गर्दछ । त्यसैले समयमै बिचार गर्ने की ?
आइसक्रिम
गर्मीमा आइसक्रिम धेरैको रोजाईमा पर्ने गर्दछ । आइसक्रिमको बारेमा संसारभर
यौटा बाक्यांश प्रख्यात छ, (‘आई स्क्रिम, यू स्क्रिम, अल स्क्रिम फर
आईसक्रिम । ’ अर्थात म, तिमी हामी सबै आइसक्रिमको लागि चिच्याउँछौ ं । तर
एक कप मात्र आइसक्रिममा पनि हामीले एक ह्यामबर्गरमा भन्दा बढी कोलोष्ट्रोल
पाउन सक्छौं, जुन स्वास्थ्यका लागि निकै घातक हुन्छ ।
Blogger Comment
Facebook Comment