एउटा हल्लाले बजार ततायो, अक्षयकुमार र
सलमान खानले नेपालका भूकम्पपीडितका लागि सहयोग गर्ने । सलमान खानले तत्कालै
खण्डन गर्दै भने, ‘मेरो संस्था विइङ ह्युमेन’ भारतमा मात्रै सामाजिक काम
गर्ने हैसियत राख्छ ।’ नेपालमा उनका प्रशंसक एकाएक विरोधीका रुपमा परिणत भए
। उनलाई सपनाको राजकुमार मान्ने नेपाली युवती समेत विरोधमा उत्रन थाले ।
लगत्तै उनको प्रतिक्रिया फेरियो र अर्को ट्विट उनकै एकाउन्टबाट सावर्जनिक
भयो । जसमा लेखिएको थियो, ‘भूकम्प पीडितलाई राहत पु¥याउन उपयुक्त माध्यमको
खोजीमा छु । मेरो संस्थाले नेपाल गएर राहत बाँड्ने अधिकार राख्दैन ।’
उनले गर्दै नगरेको कामको जस कसरी लिने भन्ने प्रश्न समेत तेस्र्याए ।
खासमा सलमानले नेपाललाई कुनै सहयोग गरेका थिएनन् र नगरेको सहयोगको जस उनले
लिन चाहेनन् । उनको संस्था बिइङ ह्युमनले भारतमा भने समाजसेवाको काम गर्दै
आएको छ । सलमानका बिइङ ह्युमन लेखिएको टिसर्ट लगाउनेहरु नेपालमा पनि
उत्तिकै छन् हतारोको अभिव्यक्तिका कारण उनका केही समर्थक अवश्य घटे । तर,
उनलाई अहिलेको चिन्ताले होइन, १३ वर्षअघिको चिन्ताले सताएको छ । अब सलमान
जेल जानेछन् र उनी जेल गएसँगै बलिउडमा सलमानका लागि करोडौँ खन्याउन तयार
हुने निर्माता समेत डुब्ने खतरा छ ।
१३ वर्षअघि के भयो ?
कठघरामा उभिएका अभियुक्तमाथि न्यायाधीशले
प्रश्न राखे । तिम्रो नाम ? उत्तर सहज थियो, ‘अब्दुल रसिद सलिम सलमान खान
।’ दोस्रो प्रश्न, तिम्रो धर्म ? उत्तर थियो, ‘मेरो कुनै धर्म छैन । मेरो
आमा हिन्दू र बाबु मुसलमान हुन् । त्यसैले म हिन्दू–मूसलमान ।’ कुनै
फिल्मको डायलग होइन यो । फिल्ममा रोएको अभिनय गर्न नजानेको आरोप ४९ वर्ष
पुगिसकेका सलमान खानमाथि लाग्दै आएको थियो । यसपटक अन्तिम फैसला सुनेपछि
उनी अदालतमा नमीठोसँग रोए, जतिबेला अदालतले उनलाई पाँच वर्षको जेल सजाय
सुनायो । सलमान खानका खराब दिनमा निम्तिएको सबैभन्दा ठूलो दुर्घटना थियो
त्यो । सन् २००१ मा ऐश्वर्या रायसँगको उनको तीनवर्षे प्रेमलीला टुंगिएको
थियो । बलिउड र सारा मिडियाले बुझ्दा उनी त्यसैको ह्याङओभरमा थिए । सलमानले
जाँड खाएर धम्की दिने गरेको आरोप अहिले अभिताभ बच्चनकी बुहारी रहेकी
ऐश्वर्या रायले खुलेयाम नै लगाएकी थिइन् । सलमानका लागि रक्सी पीडा बिसाउने
माध्यम बन्यो । उनी त्यसताका अक्सर रक्सी खाएर बबाल गर्थे र विवादमा
तानिने गरेका थिए । २००२ सेप्टेम्बर २८ उनका लागि सबैभन्दा ठूलो
दुर्भाग्यको दिन साबित भयो । त्यस दिन उनले धेरै रक्सी धोकेका थिए ।
ड्राइभरलाई गाडी चलाउन नदिई उनी आफैँ झन्डै दुई सयको स्पिडमा गाडी
कुदाइरहेका थिए । मुम्बईको एक बेकरीमा उनको कारले ठक्कर दियो । त्यतिबेला
मुम्बईको सडकमा बसेका तीन व्यक्ति घाइते भए भने एकको मृत्यु नै भयो ।
उनीविरुद्ध व्यक्ति हत्याको मुद्दा चल्यो । उनले ड्राईभरले गाडी हाँकेको
भन्दै उम्कन खोेजेका थिए । ड्राइभर स्वयंले गाडी सलमानले नहाँकेको र उनले
मदिरा नपिएको बयान पटक–पटक दिएका थिए । तर, पाप लुक्दैन भन्ने प्रमाणित भयो
र अन्नतः मुम्बईको अदालतले उनलाई दोषी ठहराएको छ । उनी ८ मे सम्मका लागि
जमानतमा छुटेका छन् । त्यसपछि उनले जेलसजाय भोग्नुपर्नेछ । यसबाहेक हरिणको
सिकार गरेको आरोपमा समेत सलमान पटक–पटक अदालत धाउँदै आएका थिए ।
सलमानमाथिको सजायपछिको बलिउड भविष्य
सलमान खान पछिल्लो समय जेल सजाय तोकिएका
दोस्रो चर्चित अभिनेता हुन् । यसअघि सञ्जय दत्त मुम्बई हमलाका बेला साथमा
बन्दुक राखेको आरोपमा जेल परे । सजाय भोगिरहेका छन् । बलिउडमा सलमान खानको
प्रभाव निकै राम्रो छ । बिबी हो तो ऐसी नामक चलचित्रमा सानो भूमिका खेलेर
सलमानले बलिउडमा पाइला राखेका थिए । नायकका रुपमा आफ्नो पहिलो फिल्म मैँने
प्यार कियाबाट २६ वर्षअघि नै सलमानले बलिउडमा गतिलो उपस्थिति देखाए । उनले
त्यसयता, साजन, करन अर्जुन, जित, प्यार किया तो डरना क्या , कुछ कुछ होता
है, बिबी नम्बर वान, हम दिल दे चुके सनम, तेरेनाम, वागवान, नो इन्ट्री,
दबंग, बर्डिगार्ड, वान्टेडलगायत थुप्रै हिट चलचित्र खेलिसकेका छन् ।
चलचित्र तेरे नाममा निभाएको रोधमोहन र दबंगमा निभाएको चुलबुल पाण्डेको उनको
भूमिका बलिउडमा इतिहासकै रुपमा छ । सलमान खानको उपस्थिति नै दर्शकहरुका
लागि फिल्म हेर्न चलचित्र हल धाउने कारण बन्ने गरेको धेरैले बताउने गरेका
छन् । उनलाई मल्टिप्लेक्सका रजनीकान्त भनेर समेत चिनिन्छ । जति उमेर बढ्दै
छ, सलमान उति नै हिट हुँदै छन् । ऐश्वर्या रायअघि नै सोमी अलि र संगीता
बिजलानीजस्ता नायिकासँग उनको अफेयर चलेको थियो । क्यट्रिना कैफसँग सलमान
पछिल्लो समय डेटिङमा व्यस्त थिए । तर, चार वर्षअघि उनीहरुबीचको सम्बन्ध पनि
टुट्यो । धेरै कलाकारले बलिउडमा आफू हिट हुनुको श्रेय सलमानलाई दिँदै आएका
छन् । सलमानसँग काम गर्न पाउने अवसरलाई विशेषगरी अभिनेत्रीहरु त्याग्न
चाहन्नन् । क्याट्रिना कैफ, स्नेहा उल्लाल, माहिक चाहल, जरिन खान, सोनाक्षी
सिन्हा, अर्जुन कपुर, डेजी साहलगायत अभिनेत्री सलमानकै कारण आफू बलिउडमा
स्थापित भएको बताउँछन् । उनले बलिउडका चर्चित अभिनेता गोविन्दाको
लोकप्रियता गुमेका बेला पार्टनर चलचित्रमा सँगै अभिनय गरेर गोविन्दाको
करिअरलाई समेत उद्धार गरेका थिए । ऋत्विक रोसन आफ्नो अभिनयको प्रेरणाका
रुपमा अझै पनि सलमानलाई लिन्छन् । सलमान र साहरुख अभिनित सन् १९९५ को
चलचित्र करन–अर्जुनको सहनिर्देशन त्यतिबेला ऋत्विकले नै गरेका थिए ।
जतिबेला ऋत्विक नायक बनिसकेका थिएनन् । आफ्ना दुई भाइ अरवाज खान र सोहिल
खानलाई बलिउडमा स्थापित गर्न समेत सलमानले ठूलै भूमिका खेलेका छन् । उनी
बलिउडकै सर्वाधिक राम्रो अनुहार र जिउडाल भएको नायकको सूचीमा अग्रपंक्तिमा
छन् । सन् २००४ मा उनी विश्वकै सर्वाधिक राम्रो लुक्स भएका व्यक्तिको
सूचीमा सातौँ स्थानमा थिए ।
जेल बस्दा बलिउडलाई कम्तीमा २ सय करोड घाटा
बलिउडका व्यापार विश्लेषक कोमल नाथले
सलमान खान जेल पर्दा दुई सय करोडको घाटा लाग्ने बताएका छन् । जेलसजाय हुन
सक्ने सम्भावना मध्यनजर गर्दै सलमानले पछिल्लो समय कुनै चलचित्रका लागि
सम्झौता गरेनन् । तर, उनले काम गरिरहेका चलचित्रको क्षति नै दुई सय करोड
पुग्ने पक्का छ । ‘यदि प्रत्येक चलचित्रलाई ७५ करोड घाटा लाग्छ भने एक सय
५० करोड त केवल दुई चलचित्रले व्यहोर्ने घाटा भयो,’ कोमलनाथको भनाइ छ ।
उनको करिना कपुरसँगको बजरंगी भाइजान र सोनम कपुरसँग प्रेमरतन धन पायो नामक
चलचित्र प्रदर्शनमा आउन बाँकी छ । ती चलचित्र सलमान जेलमा पुगेपछि प्रभावित
हुन सक्नेछन् । बलिउडका अर्का व्यापार विश्लेषक अमोद मेहरा सलमानका ती
चलचित्रले राम्रो व्यापार गर्ने बताउँछन् । ‘उनी जेल परे भने चलचित्रको अझै
धेरै प्रचार हुनेछ । उनीहरुले सलमानले खेलेकै भरमा ठूलो ओपनिङ गर्न सक्छन्
।’ यता, ब्रान्ड कन्सल्ट्यान्ट प्रल्लाद काकर सलमान खानको ब्रान्ड अझै दश
वर्षसम्म कायमै रहने बताउँछन् ।
Blogger Comment
Facebook Comment