अन्तर्राष्ट्रिय टेबलटेनिसले १० हजार डलर सहयोग गर्ने


अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित नेपाली टेबलटेनिस खेलाडीलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने भएको छ।महासंघका अध्यक्ष थोमस वेकार्टले अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यलाई उक्त रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको स्वयं बज्राचार्यले जानकारी गराएका छन्।
 
बज्राचार्य अप्रिल २६ देखि मे ३ तारिखसम्म भएको विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपाली टोलीको व्यवस्थापकका रुपमा चीनको सुझावमा थिए। त्यसैबेला बज्राचार्यको भेट थोमससँग भएको थियो।बैशाख ११ गते चीनको कुल्मिङ पुगेको नेपाली टेबलटेनिस टोली भूकम्प गएकै दिन वैशाख १२ गते प्रतियोगिता आयोजना स्थल सुझाव पुगेको थियो।
 
बर्जाचार्यका अनुसार महासंघले सहयोग रकम अखिल नेपाल टेबलटेनिस संघमार्फत् पठाउने जनाइएको छ।
 
 
नेपालले तीन खेल मात्र जित्यो : 
विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपाली खेलाडीले तीन खेल मात्र जिते। जितेका तीनै खेल महिला सिंगल्समा रह्यो।
 
राष्ट्रिय च्याम्पियन नवीता श्रेष्ठले भेनेन्जुएला र श्रीलंकाली खेलाडीलाई पराजित गरिन् भने रविना महर्जनले कोलम्बियाकी खेलाडीलाई हराइन्। दुबैले लिग खेलमा उक्त सफलता हात पारेका हुन्।
 
तीन पुरुष र तीन गरी जम्मा ६ खेलाडीले च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएका थिए। नेपाली खेलाडीले पुरुष–महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा सहभागिता जनाएका थिए। टोली मंगलबारै स्वदेश फर्किसकेको छ ।
Share on Google Plus

About sb179

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment