बार्सिलोनाले बायर्नलाई हराउँदा मेसीको दुई गोल

स्पेनिस शीर्ष क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्यूनिखमाथि शानदार जित दर्ता गरेको छ।
बार्सिलोनाले घरेलु मैदान नउ क्याम्पमा बुधबार राति बायर्नलाई ३–० गोलले हराएको हो। बार्साको जितमा मेसीले दुई गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७७औं मिनेटमा मेसीले गोलको खाता खोलेका थिए। त्यसको तीन मिनेटपछि पुनः उनले अर्को गोल थप्दै टिमलाई २–० को अग्रता दिलाए।
बायर्नविरुद्ध सहज जित दर्ता गर्नेक्रममा ब्राजिलियन स्टार नेयमारले खेलको ९०औं मिनेटमा बार्सिलोनाको लागि तेस्रो गोल गरे।
जितसँगै बार्सिलोना सेमिफाइनल दोस्रो लेगको खेलपूर्व मजबुत स्थितिमा रहेको छ। यी दुईबीचको सेमिफाइनल दोस्रो लेगको खेल बायर्न म्यूनिखको घरेलु मैदानमा हुनेछ।
Share on Google Plus

About sb179

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment