च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा
साविक विजेता रियाल मड्रिडलाई झड्का लागेको छ। इटालियन क्लब युभेन्टसले
स्पेनिस जायन्ट रियाललाई २–१ गोलले हराएको हो।

युभेन्टसले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मोराटाको गोलबाट ८औं
मिनेटमा रियाललाई पछि पारेको थियो। तर, रियाल स्टार क्रिश्चियानो
रोनाल्डोले गोल गर्दै २७औं मिनेटमा खेललाई बराबरीमा पुर्याए। दोस्रो हाफको
५७औं मिनेटमा पाएको पेनाल्टीलाई कार्लोस टेभेजले गोलमा परिणत गरेपछि
युभेन्टस नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
रियाल मड्रिड र युभेन्टसबीचको सेमिफाइनल दोस्रो लेगको खेल अर्को साता
रियालको घरेलु मैदानमा हुनेछ। च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल पहिलो
लेगको खेलमा बुधबार राति स्पेनिस क्लब बार्सिलोना र जर्मन शीर्ष क्लब
बायर्न म्यूनिख भिड्ने छन् ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Blogger Comment
Facebook Comment